फेसबुकले बन्द गर्दै छ यो फिचर



एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले एउटा फिचर बन्द गर्ने भएको छ ।

विश्वको ठूलो मध्येको एक सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताले आगामी महिनाबाट उक्त फिचर प्रयोग गर्न नपाउने भएका हुन् ।

नाइबरहुड्स नाम गरेको फिचर १ अक्टोबरबाट बन्द गर्ने तयारी गरिएको छ । यो फिचरको सहयोगमा मानिस आफ्नो आसपासका मानिससँग जोडिन सक्थे ।

यसका अलावा प्रयोगकर्ताहरुले आफ्नो एरियाको नयाँ स्थानबारे जानकारी पाउन सक्थे । यो स्थानीय समुदायको हिस्साको रुपमा रहेको थियो । यो फिचर सबैभन्दा पहिला अमेरिका र क्यानडा जस्ता देशमा सन् २०२२ को सुरुवातमा ल्याइएको थियो । यसमा युजर्सले सुविधा लिनका लागि छुट्टै प्रोफाइल बनाउने सुविधा पनि थियो ।

तर यो फिचरलाई फेसबुकले सबै प्रयोगकर्तामाझ ल्याएको भने थिएन ।

मेटाले अहिले खर्च कम गर्ने रणनीति अघि सारेको जनाइएको छ । जसका कारण नाइबरहुड्स जस्ता कम प्रयोग भएका फिचरहरुलाई फेसबुकले हटाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर औपचारिकरुपमा मेटाले भने यसबारे केही विवरण सार्वजनिक गरेको छैन ।


क्लिकमान्डु