चन्द्रमामा रकेट पठाउने नासाको मिसन दोस्रोपटक असफल, के आयो समस्या ?



एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा रकेट पठाउने आर्टेमिस १ अभियान दोस्रोपटक स्थगित भएको छ । जसका कारण यसको लञ्च गर्ने समय थपिएको छ ।

शनिबार रकेट लञ्च गर्ने प्रयास गरिएको थियो । तर इन्धन चुहिएका कारण यो अभियान स्थगित भएको बीबीसीले जनाएको छ ।
इन्जिनियरहरु रकेटको जाँचमा जुटेका छन् र यसको मर्मत अब लञ्च प्याडको सट्टा वर्कशपमा हुन सक्ने जनाइएको छ । यो प्रकृयाका लागि कयौं हप्ता लाग्ने समाचारमा जनाइएको छ ।

अब अक्टोबरको मध्यसम्म तेस्रो पटक लञ्चको प्रयास हुन सम्भावना रहेको छ ।

स्पेस लञ्च सिस्टम (एसएलएस) नासाले अहिलेसम्म विकसित गरेको सबैभन्दा शक्तिशाली रकेट हो । यसमा ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री र उपकरण पठाउन बनाइएको हो ।

यस रकेट लञ्च गर्नका लागि लञ्च व्हीकलका चार ठूला इन्जिनमा ३० लाख लिटर अत्यधिक चिसो तरल हाइड्रोजन र अक्सिजनबाट उत्पन्न हुने ऊर्जा आवश्यक पर्छ ।

तर, शनिबार बिहान जब रकेटको हाइड्रोजन ट्यांक भर्न निर्देशन दिइयो तब इन्धन चुहिएका कारण एक अर्लाम बज्न थाल्यो । जहाँबाट हाइड्रोजन भरिन्छ त्यहाँ समस्या पाइएको थियो । त्यसलाई तत्काल ठिक गर्न प्रयास गरिए पनि सम्भवन नभएको समाचारहरुमा जनाइएको छ ।

नासाले यस अघि सोमबार पनि रकेट लञ्च गर्ने प्रयास गरेको थियो तर सफल हुन सकेन । यसका चार इन्जिनमा तापमान ठीक नभएको पाइएको थियो । तर, पछि विश्लेषणबाट पत्ता लागेको थियो कि सेन्सरबाट गलत जानकारी आएको थिइ । चारै इन्जिन पूर्ण रुपमा लञ्च गर्नको लागि पूर्णरुपमा तयार थियो ।


क्लिकमान्डु