नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आयोजना तथा सन इन्फोटेकको संयोजकत्वमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार श्री ढुकुरपानी माध्यमिक विद्यालय, दमक झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालयप्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

उनले एनसीसी बैंकको तर्फबाट हाल प्रदान भइरहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले श्रोत व्यक्तिको रुपमा आफ्नो प्रस्तुति दिँदै बैंकिङ कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिनु पर्ने बताए ।

व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारी लगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको उपस्थिति थियो ।


क्लिकमान्डु