चुनाव लड्ने तयारीमा पूर्वगभर्नर नेपाल, पाल्पा क्षेत्र नम्बर २ बाट सिफारिसमा परे



काठमाडौं । पूर्वगभर्नर डा चिरन्जिवी नेपाल प्रतिनिधि सभाको निर्वाचनको उम्मेद्वारको सिफारिसमा परेका छन् ।

नेपाली कांग्रेसको पाल्पा क्षेत्र नम्बर २ को क्षेत्रिय समितिले डा नेपाल सहित ३ जनालाई टिकटको लागि सिफारिस गरेको छ । क्षेत्र नम्बर २ समितिले नेपाल सहित प्रदेशमन्त्री विरबहादुर राना र पूर्वसासंद् हरिप्रसाद नेपाललाई सिफारिस गरेको हो ।

नेपाल शुसील कोइराला प्रधानमन्त्री बन्दा गभर्नर बनेका थिए । ५ वर्ष गभर्नरको कार्यकाल पुरा गरेपछि नेपाल पछिल्लो समय पाल्पा क्षेत्र नम्बर २ को राजनीतिमा सक्रिय छन् । उनी स्थानीय तह निर्वाचनमा पाल्पामा खटेका थिए ।


क्लिकमान्डु