आईफोन १४ को मूल्य १३ भन्दा कम !



एजेन्सी । मोबाइल निर्माता एप्पलले नयाँ सिरिजको आईफोन १४ मोबाइल सार्वजनिक गर्दै छ । सेप्टेम्बर ७ (बुधबार) सार्वजनिक गर्ने तयारी गरिएको उक्त सिरिजका ४ फोन आउने सम्भावना रहेको छ ।

आगामी सिरिजमा एप्पलले चार मोडल-आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र १४ प्रो म्याक्स लञ्च गर्ने सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आईफोन १४ को मूल्य अपेक्षा गरिए अनुसार कम हुने दाबी गरिएको समाचार फोर्ब्सले प्रकाशन गरेको छ ।

आईफोनले १३ को बेस भेरिएन्ट अर्थात १२८ जीबी स्टोरेज क्षमता भएको फोन ७९९ डलरको मूल्यमा लञ्च गरेको थियो । आईफोन १४ को मूल्य अमेरिकी बजारमा ५० डलर कम हुने जनाइएको छ । यो फोन ७४९ डलर मूल्यमा सार्वजनिक हुने रिपोर्टमा जनाइएको छ ।

तर आईफोन १४ प्रो र प्रो म्याक्सको मूल्य भने धेरै हुन सक्ने छ ।

यी दुवै फोनको मूल्य गत सिरिजको भन्दा ५० देखि १ सय डलरसम्म महँगो हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।
आईफोन १४ प्रोको मूल्य १०४९ डलर र प्रो म्याक्सको मूल्य ११४९ हुन सक्ने छ ।

एप्पलले आईफोन १४ र आईफोन १४ म्याक्समा पुरानो प्रोसेसर अर्थान ए१५ वायोनिक दिन सक्ने भएका कारण मूल्य कम हुने रिपोर्टहरुमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु