बेकोसँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहारु योजना सार्वजनिक



काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेको सँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहारु नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ। साथै बेकोको रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाइन्छ भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाइन्छ।

उक्त योजना भाद्र १०, २०७९ देखि सीमित अवधिका लागि लागू गरिएको छ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।


क्लिकमान्डु