मुकेश अम्बानीले भारतमा दुई महिनामा ५ जी सार्वजनिक गर्ने



एजेन्सी । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीले दुई महिनामा भारतमा ५ जी मोबाइल इन्टरनेट सर्भिस लञ्च गर्ने घोषणा गरेका छन् ।

आफ्नो यस महत्वाकांक्षी परियोजनामा उनले २५ अर्ब डलर खर्च गर्ने जनाइएको छ । अम्बानी विश्वका धनीहरुको सूचीको ११ औं नम्बरमा रहेका छन् । ९१.९ अर्ब डलरको नेटवर्थका साथ उनी ११ औं नम्बरमा छन् ।

रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीले ५ जी मोबाइल नेटवर्क सबैभन्दा पहिला दिल्ली र मुम्बईमा सुरु हुने बताए । यसपछि पूरै देशमा डिसेम्बर २०२३ सम्म विस्तार गरिने उनको भनाइ छ ।

रिलायन्स गूगलसँग मिलेर सस्तो ५ जी स्मार्टफोन बनाउने काम पनि गरिरहेको छ । तर यो फोन कहिले आउँछ भन्नेबारे भने उनले केही बताएनन् ।

सोमबार उनले रिलायन्सको एजीएममा ५ जी नेटवर्क पूर्णरुपमा चालू भएपछि विश्वको सबैभन्दा ठूलो नेटवर्क बन्ने बताएका थिए ।

जियो भारतको सबैभन्दा ठूलो मोबाइल सर्विस कम्पनी हो । रिलायन्सको यो घोषणासँगै भारतमा ५ जी मोबाइल सर्भिस बिजनेसमा वर्चस्वको एक युद्ध छेडिनसक्ने बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यस महिनाको शुरुआतमा मोदी सरकारले १९ अर्ब डलरको स्पेक्ट्रम बेचेका थियो । यसमा ५ जी सर्भिसका लागि स्पेक्ट्रम सहभागी थियो । यसमा सबैभन्दा धेरै स्पेक्ट्रम जियोले किनेको थियो । त्यसपछि वोडाफोन, भारतीय एयरटेल र इस क्षेत्रमा नयाँ खेलाडी अडानी डेटा नेटवर्कको नम्बर थियो ।

५ जी अर्थात पाँचौ पुस्ताको हाई-स्पीड मोबाइल इन्टरनेट टेक्नोलोजी ड्राइवरलेस कार टेक्नोलोजी र आर्टिफिशियल इन्टेलिजेन्सलाई सपोर्ट गर्छ ।


क्लिकमान्डु