भदौ २२ मा आइफोन १४ सार्वजनिक हुँदै, कति होला मूल्य ?



एप्पलले बहुप्रतिशिक्षत आईफोन १४ सेप्टेम्बर ७ (भदौ २२)मा सार्वजनिक गर्ने भएको छ ।

विश्वभरमै प्रतिक्षा गरिएको आईफोन १४ प्रो म्याक्स स्मार्टफोन उक्त दिन भारतमा पनि सार्वजनिक हुन सक्ने भारतीय मिडियाहरुले जनाएका छन् ।

एप्पलले ल्याएका विभिन्न सिरिजका आईफोनमध्ये १४ सिरिजमा सबैभन्दा उत्कृष्ट सुविधाहरु रहेको जनाइएको छ ।
समाचारअनुसार भारतमा यस फोनको मूल्य ८४ हजार ९ सय भारु पर्ने अनुमान गरिएको छ ।

यस मोबाइलमा आईओएस भी१५ अपरेटिङ सिस्टम सञ्चालन हुने र यसमा ३६८७ एम्पियर पावर व्याट्री रहेको जनाइएको छ । यसबाट गेम खेल्न, गीत सुन्नदेखि फिल्म हेर्न सकिने छ ।

यस फोनमा ६ जिबी ¥याम र १२८ जिबी इन्टरनस स्टोरेज हुनेछ ।


क्लिकमान्डु