साओमी १२ लाइट नेपाली बजारमा, कति पर्छ मूल्य ?



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । साओमी १२ लाइट फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभुति हुन्छ ।

लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपुर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’

उनले थप भने, ‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८ एपीको अल्ट्रा वाइड एङल क्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नुहुनेछ ।’

फ्यासन फर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन

७.२९ एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ। प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा भएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ। त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ ।

त्यस्तै अगाडि भएको ३२ एमपी को क्यामरामा जडित जीडी २ सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ । साथै दुईवटा सफ्ट एलईडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई, र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन्।

६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मुल्य ६+१२८ जिबी –५०९९९ र ८+१२८ जिबी–५३९९९ रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु