भारतमा मारुती अल्टो के-१० लन्च, २२ वर्षदेखि प्रतिघण्टा १०० कार बिक्री, यस्तो छ कम्पनीको इतिहास



एजेन्सी । सवारी उत्पादक कम्पनी मारुतीले नयाँ अल्टो के–१० भारतमा आज सार्वजनिक गरेको छ । सन् २००० देखि बजारमा आएको अल्टो २०२२ सम्म आइपुग्दा ४३ लाख इकाइ बिक्री गरेको कम्पनीले जनाएको छ । अर्थात् प्रतिघण्टा १ सय कार बिक्री हुँदै आइरहेको छ ।

सार्वजनिक भएको अल्टो के–१० ले प्रतिघण्टा २४.९० किमि माइलेज दिनेछ । जसको मूल्य भारतीय बजारमा ४ लाखदेखि करिब ६ लाखसम्म हुने जनाइएको छ ।

अल्टो के–१० मा के छ ?
केही समयदेखि अल्टो के–१० को बुकिङ ११ हजार रुपैयाँदेखि सुरु भइरहेको छ । यसको एक्सटेरियर र इन्टेरियर दुवैलाई नयाँ फिचरसँग अपडेट गरिएको छ भने साइज पनि ठूलो बनाइएको छ । कम्पनीका अनुसार यसलाई हार्टेक्ट प्लेटफर्ममा तयार पारिएको हो । सोही प्लेटफर्ममा मारुति सुजुकी, एस–प्रेसो, सेलेरिया, बलेनो र अर्टिगा बनिसकेका छन् ।

अल्टो के–१० लाई अल्टो ८०० सँग बेचिने छ । १२ कुल भेरियन्टमा पेस गरिने अल्टोमा ८ म्यानुअल ट्रान्समिसन अप्सन हुने छ । जसमा एसटीडी, एसटीडी–ओ, एलएक्सआई, एलएक्सआई–ओ, भीएक्सआई, भीएक्सआई–ओ, भीएक्सआई प्लस र भीएक्सआई प्लस ओ रहेका छन् ।

यस्तै चार अटोमेटिक भेरियन्ट भीएक्सआई, भीएक्सआई–ओ, भीएक्सआई प्लस र भीएक्सआई प्लस ओ हुने कम्पनीले जनाएको छ ।

नयाँ सार्वजनिक अल्टोमा डुअल एयर ब्याग, पार्किंङ एसिस्टेन्ट सिस्टम, अटो डेर लक र हाई स्पिड अलर्टजस्ता १५ भन्दा बढी सेफ्टी फिचर्स उपलब्ध हुने छन् ।

अल्टोको यात्रा
सन् २०००: अल्टो ७९६ सीसी इन्जिनसहित लन्च ।
सन् २००१: अल्टो भीएक्स र भीएक्सआई मोडल सार्वजनिक ।
सन् २००८: १० लाख उत्पादन गर्ने मारुतीको तेस्रो मोडल बन्यो ।
सन् २०१०: अल्टो के–१० जेनेरेसन–१, ८०० सीसी लन्च ।

सन् २०१२: अल्टो ८०० जेनेरेसन–२ लन्च ।
सन् २०१४: के–१० जेनेरेसन–२ लन्च । अल्टोको बीएस–६ युग ।
सन् २०१५: अल्टो की कप्टिटर क्विड लन्च भयो, जुन एसयुभी लक्सको ह्याचब्याक थियो ।
सन् २०२०: बीएस–६ मा परिवर्तनपछि के–१० बन्द । तर, पनि अल्टो ब्रान्ड ७९६ सीसीको भर्जनमा उत्पादन जारी ।
मारुतीको यात्रा
सन् १९८१ मा मारुती उद्योग लिमिटेडको स्थापना ।
सन् १९८२: मारुती र सुजुकी सहकार्य ।
सन् १९८३: मारुती ८०० लन्च ।
सन् १९८४: ओमनी कार लन्च ।
सन् १९८५: सुजुकी जिप्सी लन्च ।
सन् १९८६: १ लाख कार बेचेर माइलस्टोन बनायो ।
सन् १९८९: भारतको पहिलो सेडान मारुती १००० लन्च ।
सन् १९९३: सुजुकी जेन लन्च ।
सन् १९९४: सुजुकी एस्टिम लन्च ।
सन् १९९९: भेगन र बलेनो सेडान लन्च ।
सन् १९९८: कम्पनीले पहिलोपटक डिजल कार जेन–डी लन्च गर्यो ।
सन् २००४: अल्टोले सेल्समा ८०० लाई उछिन्यो ।
सन् २००५: मारुति स्विफ्ट लन्च ।
सन् २००७: सुजुकी एसएक्स–४ लन्च ।
सन् २००८: मारुती सियाज लन्च ।
सन् २०१५: प्रिमियम कारका लागि मारुतीले नेक्सा सोरुम लन्च गर्यो ।
सन् २०१६: कम्पनीको पहिलो कम्प्याक्ट एसयुभी भिटारा ब्रेजा लन्च ।
सन् २०२१: २ लाख इकाइभन्दा बढी निर्यात गरेर रेकर्ड बनायो ।


क्लिकमान्डु