स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम सञ्चालनमा



काठमाडौं । नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङजाको वद्खोलामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सँधै प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ ।

कम्पनीको नेपालभर १३२ भन्दाबढी डिलर छन् ।


क्लिकमान्डु