टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी



काठमाडौं । निरन्तर उत्कृष्टताका नयाँ/नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको छ । र, पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको छ ।

आइसी र इभीजस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको विक्री परिमाण सन् २०२२को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ ।

सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेका छन् । फलस्वरूप यहाँ उच्चकोटीका एसयूभीको मागमा बढोत्तरी भइरहेको छ ।

नेपाली बजारमा विभिन्न एसयूभी ब्राण्डहरु बीचको तिब्र प्रतिस्पर्धामा नेक्सन अन्यभन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडी तीन महत्वपूर्ण तत्वहरु छन् । यी हुन् मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा । यही कारण नेक्सनले धेरैभन्दा धेरै ग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरुलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको छ । यससँगै यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा आफ्नो एक विशिष्ठ पहिचान बनाइरहेको छ ।

१२०० सी .सी को रेभोट्रन पेट्रोल इन्जिन र १५०० सी .सी को डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्धितीय छ । २०९ मिलिमिटर लामो ‘ग्राउंड क्लेरेन्स’सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चारपांग्रे नेपाली सडकमा सुहाउँदो पनि छ ।

त्यसैगरी, आजभन्दा एक वर्षअघि सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा बिक्री वितरण आरम्भ गरिएको नेक्सन इभी (विद्युतीय गाडी)ले विशेषत पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरुको मन र मष्तिस्कमा अमेट्य छाप छोड्न सफल भएको छ । यसको एक मुख्य कारण सिप्रदीले नेपालमा समग्र विद्युतीय गाडीको पर्यावरण प्रणालीमा (इभी इको सिस्टम) पुर्याइरहेको सकारात्मक योगदान हो ।
१८ भन्दा बढी फास्ट चार्जिंग र १२० भन्दा बढी स्लो चर्जिंग संजालहरुसहित यस इभीले नेपालको सन्दर्भमा पहिलो र एक मात्र इजी चर्जिंग एपको सुविधा प्रदान गरिरहेको छ । नवीनतम सोच र समुच्च प्रणालीको समिश्रण नेक्सन इभीले सरल, सहज र सुन्दर यात्राको प्रत्याभूति गर्दछ ।

नेक्सन नेपालको अग्रणी एसयूभीको रुपमा स्थापित हुनुले यसका हरेक प्रकृतिका गाडीहरुले नेपाली ग्राहकहरुको माया र विश्वास जितेको प्रष्ट्याउँदछ ।


क्लिकमान्डु