भारतमा टाटा पञ्च एसयूभी कार १० महिनाभित्रै १ लाख वटा बिक्यो



काठमाडौं । टाटा मोटर्स कम्पनीले उत्पादन गरेको टाटा पञ्च एसयूभी कार १० महिनाकै १ लाख वटा बिक्री भएको छ ।

कम्पनीले बिहीबार भारतको पुणेमा रहेको उद्योगबाट एसयुभी कार उक्त परिमाणमा बिक्री भएको बताएको हो । कम्पनीले उक्त मोडलको कार सार्वजनिक गरेको १० महिना मात्रै भएको छ । योसँगै यो मोडल भारतमा सबैभन्दा बढी एसयुभी कार बिक्री गर्ने कम्पनी बनेको छ ।
गत अक्टोबारमा सार्वजनिक भएको टाटा पञ्च धेरै बिक्री हुने सवारी साधनको शीर्ष १० मा पर्न सफल भएको छ । कम्पनीले जुलाईमा सबैभन्दा बढी कार बिक्री गरेको बताएको छ । जुलाईमा मात्रै ११ हजार युनिट कार बिक्री भएको थियो ।

कम्पनीले अक्टोबरमा ८ हजार ४५३ वटा, नोभेम्बरमा ६ हजार ११० वटा, डिसेम्बरमा ८ हजार ८ वटा, जनवरीमा १० हजार २७ वटा, फेब्रअरीमा ९ हजार ५२९ वटा, मार्चमा १० हजार ५२६ वटा, मेमा १० हजार २१४ वटा, जुनमा १० हजार ४१४ वटा र जुलाईमा ११ हजार ७ वटा गरी १० महिनाको अवधिमा ९४ हजार ४२० वटा कार बिक्री भएको जनाएको छ ।

कम्पनीले मासिक औसतमा ९ हजार ४४२ वटा बिक्री गरेको छ ।

यस्ता छन् विशेषता
यो मोडलमा ८६ पीएसका पावर र ११३ एनएम टर्क उत्पन्न गर्ने क्षमताको इञ्जिन छ । एसयूभीले म्यानुअल गियरबक्समा प्रतिलिटर १८.८३ किलोमिटर र एमटी ट्रान्समिशनमा प्रतिलिटर पेट्रोलले १८.९७ किलोमिटरसम्म माइलेज दिन्छ ।

कारमा ७ इञ्चको टचस्क्रिन प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक हेडलाइट्स, कनेक्टेड कार टेक, अटो एसी र क्रुज कन्ट्रोल जस्ता सुविधाहरू छन् । त्यस्तै, कारमा एलईडी डीआरएल, एलईडी टेल ल्याम्प, रेन सेन्सिङ वाइपर, अटो–फोल्ड ओआरभीएमसहितको प्रोजेक्टर हेडल्याम्प र १६ इन्चको डायमण्ड–कट अलान्यज जस्ता सुविधाहरू छन् ।


क्लिकमान्डु