चन्द्रागिरि नगरबासीले आइएमई पेमार्फत् कर तिर्न सक्ने



काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका नगरबासीहरूले आइएमई पेमार्फत् कर तिर्न सक्ने भएका छन् ।

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरू भएसँगै नगरबासीहरूले आइएमई पेमार्फत घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर तिर्न सक्ने भएका हुन् ।

नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका हुन् ।

प्रयोगकर्ताहरूले आइएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’ मा गइ ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’ मार्फत आफ्नो कर तिर्न सक्ने छन् ।

आइएमई डिजिटल सोलुशनका प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको बताए ।

नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने बताए ।


क्लिकमान्डु