नाडा इभी एक्सपो २०२२ सम्पन्न हुने



काठमाडौं । नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलो पटक नाडा इभी एक्सपो २०२२ गने निर्णय गरेको छ । उक्त इभी एक्सपो मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । मिति २०७९ भाद्र १ गतेदेखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचनासमेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।


क्लिकमान्डु