भायानेटको शाखा महेन्द्रनगरमा



काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ ।

आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्वसाधारण पनि लाभान्वित हुने भएका छन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

कम्पनीले अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेटअपबक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् ।


क्लिकमान्डु