रियलमीको नार्जो ५० ए प्राइम सार्वजनिक, २१ हजार ७९९ मै पाइने



काठमाडौं । रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५० ए प्राइम बजारमा ल्याएको छ ।

अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर ५ हजार एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु रहेका छन् ।

रियलमी नेपालका हेड, मुनिष गिरीले नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५० ए प्राइम ल्याएको बताए । यसमा भएको ६.६ इन्चको एफएचडी डिस्प्ले र ५० एपी क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

यो नयाँ स्टाइलिश र इन्ट्री–लेभलमा अल–राउन्डर स्मार्टफोन, प्रयोगकर्ताहरूको सबै आवश्यकताहरू ध्यानमा राखी डिजाइन गरिएको कम्पनीको दाबी छ । यो ८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोन हो । जसको तौल १९२.५ ग्राम रहेको छ । युवा उपभोक्ताहरूलाई मनपर्ने डायनामिक ग्लोइङ डिजाइन जुन टूडीबाट बनेको नयाँ राइट–एंगल बेजेल डिजाइन हो ।

यसमा समावेश गरिएको ५० एमपी एआई ट्रिपल क्यामेराले एन्ट्री–लेभल स्मार्टफोनका प्रयोगकर्ताहरूलाई फ्ल्यागशिप क्यामेराको अनुभव प्रदान गर्दछ । यस स्मार्टफोनमा ५० एपी प्राइमरी क्यामेरा, सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको बीएण्डडब्लू लेन्स समावेश छ । जसले प्रयोगकर्तालाई जस्तोसुकै प्रकाशको अवस्था, मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्न मद्दत गर्छ ।

यसको अगाडिको आठ मेडा पिक्सेल एचडीआर क्यामेरा रहेको छ । १६.७ सेमी एफएचडी डिस्प्ले रहेको रियलमी नार्जो ५० ए प्राइमले प्रयोगकर्ताहरूका लागि बिना कुनै अवरोध इमर्सिभ दृश्य अनुभव प्रधान गर्दछ । यसको बजार मूल्य २१ हजार ७९९ रुपैयाँ रहेको छ । यो फोन साउन २३ गतेबाट बजारमा उपलब्ध भइसहेको छ ।


क्लिकमान्डु