हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुरु



काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ ।

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरि विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरु तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरि जारी गरिने छ ।

उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अमेरिकन एक्स्प्रेसँग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिन सकेकोमा खुशी व्यक्त गरे । उक्त कार्डहरुले तथा विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्नेछ ।

अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्डहरु को सेवा शुरु गर्न पाउँदा उत्साहित भएको बताउनु भएको छ ।

दुबै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभुति गराउँदछ । यो कार्डहरुको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसँग मिल्ने भएकोले पनि कार्ड प्रयोग कर्ताहरुले पूर्णरुमा विभिन्न लाभका अवसरहरु लिन सक्नेछन् । उच्चशिक्षा अध्ययनको लागि पनि यहि समयमा विद्यार्थीहरु विभिन्न मुलुकका विश्वविद्यालयहरुमा जाने भएकोले पनि उनीहरुलाई विशेष फाइदा पुग्नेछ ।

यी दुबै कार्डका प्रयोगकर्ताहरुले प्राप्त गर्न सक्ने लाभ तथा फाइदाहरु यस प्रकार छन् ।

आकर्षक क्यास ब्याकः हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा ने.रु. ३,०००.०० प्रति वर्ष सम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्नु हुनेछ । त्यसैगरी हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रीपेड कार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्चशिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरे बापत ०.५० प्रतिशत वा बढीमा ने रु २४ हजार प्रतिवर्षसम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्नेछन् ।

भ्रमण र खरिदका लागि लाभहरुः हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले क्लब हिमालयमा कम्तिमा २ रातको बुकिङ्ग गर्दा होटलका तर्फ बाट १ रात निःशुल्क प्राप्त गर्न सक्नेछन्, युनाइटेड कलर्स अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत छुट, स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइकस्मा १० प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ ।

साथै यस कार्ड प्रयोगकर्ताहरुले संसारभरीका लाउन्जबडी लाउन्जेजमा प्रवेश पाउनेछन्, www.rentalcars.com बाट बुकिङ्ग गर्दा १०% छुट र एभिस कारस्मा बुकिङ्ग गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ ।

हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रीपेड कार्ड प्रयोगकर्ताहरुले स्पोर्टस् प्लाजाका सम्पुर्ण सामानहरुमा १५ प्रतिशतसम्मको छुट, मिसियोमा ३३ प्रतिशत छुट र www.booking.com मा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ ।


क्लिकमान्डु