गर्भवती र नवजात शिशुलाई सहयोग हुने ‘मेरो मम्मा’ एप सार्वजनिक



बाइनरी गेटवे प्रालिले ‘मेरो मम्मा’ नामको एप सार्वजनिक गरेको छ । गर्भवति महिला र आमाहरुलाई उपयोगी हुने विभिन्न फिचरसहित सोमबार ‘मेरो मम्मा’ एप सार्वजनिक भएको छ ।

दैनिक जीवनलाई थप सरल र सहज बनाउने उद्देश्यले बाइनरीले सोमबार काठमाण्डौमा ‘मेरो मम्मा’ नामक एप सार्वजनिक गरेको जनाएको छ ।

गर्भधारण सम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहिने सल्लाह, विज्ञ र सेवा संस्थानहरूको सम्पर्क र ठेगाना, आफूजस्तै अन्य गर्भवती र नवजात शिशुका आमाहरूसँगको अनलाईन समूहका साथै गर्भधान र शिशु सामाग्री किन्नमा सरल र सहज अनलाईन पसल रहने जस्ता विभिन्न सुविधाहरु यस एपमा रहेका छन् ।

गर्भवती महिला र नवजात शिशुहरुको लागी चाहिने सूचनामुलक लेख, सम्पर्क ठेगाना बिभिन्न उत्पादन तथा सामाग्री बिक्रीका लागी एकिकृत मोबाइल एपको विकास गरी सार्वजनिक गरेको बाइनरी गेटवेका सहसंस्थापक रवि अग्रवालले जानकारी दिए ।
‘यो एपको उद्देश्य भनेको बच्चा जन्माउँदै गरेका दम्पतिलाई सही जानकारी दिनु हो ।

यो एप नवअभिभावकको अनुभवमा आधारित भएकोले सहि सूचना र सहि उत्पादनहरु लक्षित उपभोक्ता समक्ष पुग्ने कुरामा हामी विश्वस्त छौं,’ अग्रवालले भने ।

गर्भवती तथा नबजात शिशुका अभिभावकको सुन्दर परिवारको परिकल्पनानामा साथ दिन आएको यो एप नेपालको बजारमा पहिलो प्रयोग भएको र यसबाट मातृ तथा वाल शिक्षा र स्वास्थ्यमा सबैले लाभा लिन सक्ने उनले बताए ।

कम्पनीले यो एपको उदघाट्न पश्चात सुरुवातमा ग्राहकहरुको लागी निशुल्क ढुवानी, छुट, तथा विभिन्न उपहारहरु पनि प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु