तरलता अभावको समयमा बैंकहरूको नाफा २३.१४% ले बढ्यो



काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा लगानीयोग्य रकम (लगानीयोग्य रकम) तरलता अभाव भएको समयमा पनि वाणिज्य बैंकहरूको नाफामा सुधार देखिएको छ । तरलता अभावका बाबजुत पनि बैंकहरुको नाफामा २३.१४ प्रतिशतको वृद्धि देखिएको छ । 

अघिल्लो असार मसान्तमा ६० अर्ब ७४ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेकोमाबैंकहरुले यो वर्ष असार मसान्तमा आइपुग्दा ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ रहेको गरेका छन् । 

२६ वटा वाणिज्य बैंकको नाफा औसतमा २३.१४ प्रतिशतले बढेको हो । २६ मध्ये ३ वटा बैंकको नाफा भने घटेको छ । 

कोरोना महामारी न्यून भएपछि गत आवको शुरुमै वाणिज्य बैंकहरु कर्जा लगानीमा निकै आक्रामक बनेका थिए । त्यो क्रम धेरै लामो समय टिक्न सकेन । कोरोना महामारीपछि उद्योग व्यवसाय खुल्दा गत आवको शुरुको ३ महिना बैंकहरुले आक्रमकरुपमा कर्जा विस्तार गरेका थिए ।

प्रकाशित वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ । नाफा आर्जनमा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक प्रतिस्पर्धी देखिएका छन् । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको थियो । 

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले असार समान्तसम्म ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा २५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

धेरै नाफा कमाउने बैंकमा नबिल तेस्रो स्थानमा रहेको छ । बैंकले गत असार मसान्तसम्म ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले बढी हो । 

यस्तै धेरै नाफा कमाउने बैंकमा एनआइसी एशिया पनि रहेको छ । बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले गत असार मसान्तसम्म  ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा १४.८३ प्रतिशतले बढेको छ ।

यस्तै प्राइम बैंकले गत आवमा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

एनएमबि बैंकको पनि नाफा ३६.५२ प्रतिशतले बढेर ३ अर्ब ७० करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

यता सिद्धार्थ बैंकको नाफा गत अघिल्लो आवको तुलनामा १२.७८ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको छ ।

सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको छ ।

माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढेको छ ।

यस्तै सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

एनसीसी बैंकको नाफा पनि एक वर्षको अवधिमा ५१.९७ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो । बैंकले एक वर्षको अवधिमा नाफा आर्जनमा आक्रामक चमत्कार गरेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा पनि ६२.२६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । एक वर्षको अवधिमा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै कुमारी बैंकको नाफामा पनि गत वर्ष निकै प्रगति देखिएको छ । एक वर्षमा बैंकको नाफा ४३.८६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

नेपाल एसबीआई बैंकको पनि नाफा ७० प्रतिशतले बढेर १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

नेपाल बैंकको नाफा एक वर्षको अवधिमा १०.२९ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ रहेको थियो । 

बैंक अफ काठमाण्डूको पनि नाफा ४.८५ प्रतिशतले बढेर १ अर्ब ८१ करोड २ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ७२ करोड ६४ लाख ९ हजार रुपैयाँ रहेको थियो । मेगा बैंकको पनि नाफा २१.७७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १८ लाख ६४ हजार पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको थियो । 

दुई वटा बैंक पहिलो पटक अर्ब क्लबमा प्रवेश

दुई वटा वाणिज्य बैंक नाफा आर्जनको हिसाबले पहिलो पटक अर्ब क्लबमा प्रवेश गरेका हुन् । सिभिल र सेञ्चुरी बाहेक सबै बैंक अर्ब क्लबमा रहेका थिए । गत असार मसान्तको वित्तीय विवरण अनुसार यी दुई बैंक पनि नाफा आर्जनमा अर्ब क्लबमा प्रवेश गरेका छन् । सिभिल बैंकको नाफा असार मसान्तसम्म आइपुग्दा १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ५२ करोड ७७ लाख ८४ हजार रुपैयाँ रहेको थियो । सिभिल बैंक हिमालयन बैंकसँग मर्जरमा जान लागेको छ । 

यस्तै सेञ्चुरी बैंकको नाफा पनि ११५ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ७२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ६२ करोड ९३ लाख २० हजार रुपैयाँ रहेको थियो । 

तीन वटा बैंकको नाफा घट्यो

वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये ३ वटाको नाफा घटेको छ । नाफा घटेनमा सानिमा, हिमालयन र कृषि विकास बैंक रहेको छ ।

सानिमा बैंकको नाफा एक वर्षको अवधिमा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ ।

यस्तै हिमालयन बैंकको नाफा १७.२२ प्रतिशतले घटेर २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५२ करोड७५ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै कृषि विकास बैंकको पनि नाफा २३.७४ प्रतिशतले घटेको छ । बैंकको नाफा अघिल्लो असार मसान्तमा ३ अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेकोमा गत असार मसान्तमा आइपुग्दा २ अर्ब ६९ करोड ५७ हजार रुपैयाँ मात्रै रहेको छ ।

Bank4th Quarter 2078/079 (000)4th Quarter 2077/078 (000)
Nic asia bank4,525,4223,258,934
Global ime bank5,206,4554,165,152
Prabhu2,600,3961,720,875
Sunrise2,150,9441,446,550
machhapuchhre2,160,9001,607,473
Sanima 2,292,9092,317,821
Laxmi1,603,5711,575,761
Citizen bank2,251,1711,804,341
NCC2,022,2221,330,625
Investment 4,086,3843,558,606
Standard Chartered2,269,8551,398,853
Everest bank2,546,0591,770,939
Himalayan2,482,1362,998,623
Kumari2,835,2341,970,730
Prime3,681,2323,268,400
Siddhartha3,219,7412,854,828
SBI bank1,638,284963,479
NMB bank3,701,3172,711,074
Agriculture2,690,0573,527,536
RBB5,214,2473,795,477
Nabil 4,972,7564,527,553
Nepal3,266,0852,961,230
Mega2,831,8642,325,429
Century Commercial1,357,231629,320
Civil 1,384,685527,784
Bank of kathmandu1,810,2761,726,409


सोभित थपलिया