भारतमा घट्यो दुई पांग्रे हिरो मोटोकर्प र बजाजको बजार हिस्सा, होन्डा मोटरसाइकलको सामान्य बढ्यो



काठमाडौं । भारतमा दुई पांग्रे गाडीको बजार ठूलो छ र दर्जर्नौं कम्पनीहरु प्रतिस्पर्धामा छन् । ति कम्पनीमध्ये सबैभन्दा धेरै बजार हिस्सा ओगटेको कम्पनी हो- हिरो मोटोकर्प ।

पछिल्लो महिनामा हिरो मोटोकर्पको बजार हिस्सा भने घट्दै गएको देखिन्छ । तस्तै, बजार अटोको बजार हिस्सा पनि घटेको छ।

फेडेरेसन अफ अटोमोबाइल्स डिलर्स एसोसियसन (एफएडीए)को २०२२ जुलाइ महिनाको तथ्यांकअनुसार ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)का आधारमा हिरो मोटोकर्पको बजार हिस्सा ३१.७३ प्रतिशत रहेको छ । यस कम्पनीको गत वर्षको सोही महिनामा ३५.४७ प्रतिशत रहेको थियो ।

उसको तथ्यांकअनुसार जुलाई महिनामा उसले ३ लाख २० हजार ३०१ दुई पांग्रे गाडी बिक्री गरेको छ । यो गत वर्षको सोही अवधिमा ४ लाख १ हजार ९४६ रहेको थियो ।

गत वर्षको जुलाई महिनामा दुई पांग्रे बजाज अटोको बजार हिस्सा १२.१४ प्रतिशत रहेकोमा यस वर्षको जुलाईमा ९.२९ प्रतिशतमा झरेको छ ।

अन्य कम्पनीहरुले भने आफ्नो बजार हिस्सालाई केही बढाएका छन् । होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाको बजार हिस्सा १.४३ प्रतिशतले बढेको छ । गत वर्ष २४.५३ प्रतिशत रहेकोमा यस वर्षको जुलाईमा २५.९६ प्रतिशत पुर्याएको छ ।
उसले यो जुलाई महिनामा २ लाख ६२ हजार ५४ बिक्री गरेकोमा गत वर्ष २ लाख ७७ हनजार ९८३ बिक्री गरेको थियो ।

त्यस्तै, टिभिएस मोटर कम्पनीको यस वर्षको जुलाइ महिनाको बजार हिस्सा १६.३६ प्रतिशत रहेको छ । गत वर्ष १४.६१ प्रतिशत रहेको थियो ।

त्यस्तै, सुजुकी मोटरसाइकल इन्डियाको बजार हिस्सा ४.३६ प्रतिशत, इन्डिया यामाहा मोटरको ४.०६ प्रतिशत र रोयल इन्फिल्डको ३.९८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

त्यसबाहेकका अन्य दर्जनभन्दा धेरै कम्पनीको बजार हिस्सा भने एकभन्दा कम रहेको छ । हिरो इलेक्ट्रिक भेहिकलको ०.८६ प्रतिशत, ओकिनावा अटोटेकको ०.७९ प्रतिशत रहेको छ ।

फेडेरेसन अफ अटोमोबाइल्स डिलर्स एसोसियसन (एफएडीए)ले सार्वजनिक गरेको सन् २०२२ जुलाइ महिनाको तथ्यांक :


क्लिकमान्डु