भारत सरकारले ५ जीको लिलामीबाट कमायो साढे २ खर्ब रुपैयाँ



काठमाडौं । भारत सरकारले ५ जीको लिलामीबाट १ खर्ब ५० अर्ब भारतीय रुपैयाँ(२ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) आम्दानी गरेको छ । पछिल्लो ७ दिनसम्म चलेको ५जी स्पेक्ट्रमका लागि चलेको लिलामीबाट अघिल्लो पटकको ४ जीको रेकर्ड ब्रेक भएको हो ।

सन् २०१५ मा ४ जीको लिलामीमा भारत सरकारले १ खर्ब भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।

५ जीको लिलामीमा रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र गौतम अडानीको अदानी डाटा नेटवर्कले ५जी स्पेक्ट्रमका लागि बोली लगाएका थिए ।

मिडिया रिपोर्टका अनुसार बजार नेता रिलायन्स जियो सबैभन्दा आक्रामक लिलामीकर्ताको रुपमा देखिएको छ ।

दोस्रो स्थानमा रहेको भारतीय एयरटेल छ । अडानी डाटा नेटवर्कले आफ्नो निजी नेटवर्कको लागि २६ जिएचजेड ब्याण्डको लागि लिलामीमा भाग लिएको थियो ।
लिलामीका लागि जियोले ८ खर्ब ४५ अर्ब भन्दा बढी खर्च गरेको छ ।
विश्लेषकहरूले जिओको कुल स्पेक्ट्रम खरिदका लागि ८ खर्ब ४५ अर्ब भन्दा बढी अनुमान गरेका छन् ।

एयरटेलले ४ खर्ब ६५ अर्ब भन्दा बढीको स्पेक्ट्रम खरिद गरेको छ। भोडाफोन आइडियाले स्पेक्ट्रमका लागि १ खर्ब ८५ अर्ब करोडभन्दा बढी खर्च गरेको छ। अडानीले ८ देखि ९ अर्ब ०० रुपैयाँ खर्च गरेको छ । लिलामी विभिन्न कम, मध्यम र उच्च फ्रिक्वेन्सी ब्यान्ड रेडियो तरंगहरूको लागि थियो ।

‘हामी अगस्त १५ सम्म स्पेक्ट्रम बाँडफाँड प्रक्रिया गर्ने छौ,’दूरसञ्चार मन्त्री अश्विनी वैष्णवले पहिलो दिनको लिलामी पछि भने,’त्यसपछि टेलिकमले सेप्टेम्बर–अक्टोबरसम्म उपकरण जडान गरी सेवा सुरु गर्ने छन् ।’

इन्टरनेट नेटवर्कको पाँचौं पुस्तालाई ५ जी भनिन्छ। यो एक ताररहित ब्रोडब्यान्ड इन्टरनेट सेवा हो । जसले उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दछ । यसमा मुख्यतया तीन प्रकारका फ्रिक्वेन्सी ब्यान्डहरु छन् ।

५जी इन्टरनेट सेवाको सुरुवातसँगै भारतमा धेरै परिवर्तन हुने अनुमान गरिएके छ ।

यसले जनताको काममा सहजता मात्र नभई मनोरञ्जन र सञ्चार क्षेत्रमा पनि धेरै परिवर्तन आउनेछ । ५जीका लागि काम गर्ने कम्पनी एरिक्सनले ५ वर्षमा भारतमा ५० करोडभन्दा बढी फाइभजी इन्टरनेट प्रयोगकर्ता हुने विश्वास गरेको छ ।


क्लिकमान्डु