नेपालमा स्कोडाको बिक्री साढे पाँच गुणा वृद्धि



काठमाडौं । युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पुरा गरेको छ ।

एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो । यसको ड्राइभिंग डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको कम्पनीको दाबी छ ।

कुशाक सार्वजनिक भएयता स्कोडाको बिक्री गत वर्ष भन्दा ५६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट बिक्री भएको जनाएको छ । नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई अब्बल गर्न तर्फ लागेको छ ।

स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हर्षित भएको बताए ।

स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच रंगमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।


क्लिकमान्डु