टिभिएसले ल्यायो बब्बाल फाईनान्स अफर



काठमाडौं । जगदम्बा मोटर्सले ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले टिभिएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआई क्रमशः जुपिटरमा ३ हजार ९०८, एनटी ओआरक्यू स्कोडा एडिसन मा ५ हजार २५४ र अपाची आरटीआर २०० फोरभी मा ६ हजार ८२२ खरिद गर्न सक्नेछन् ।

त्यसैगरी अपाची आरटीआर २००४ भी को नगद खरिदमा ग्राहकहरूले टिभिएस चार्जिङ ज्याकेट निस्शुल्क प्राप्त गर्न सक्नेछन् ।

त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टिभिएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टिभिएस ले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभिएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन।


क्लिकमान्डु