टीभीएसको नयाँ शोरूम नमो बुद्धमा



काठमाडौं । नेपालमा दुई पाङ्ग्रे टीभीएसको वितरक जगदम्बा मोटर्सले भकुन्डेबेसी–०७ नमो बुद्धस्थित सुविधासहितको नयाँ शोरुम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ भकुन्डेबेसीमा नयाँ शोरुम सुरु गरिएको हो ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टीभीएस ग्राहकहरूलाई सेवा प्रदान गर्न थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको बताए ।

नेपालमा १३७ भन्दा बढी डिलर र २ सय सेवा र स्पेयर पार्ट्स स्टेशन छन् ।


क्लिकमान्डु