बीवाइडी गाडीको मूल्य बढ्यो, कुनको कति ?
काठमाडौं । विद्युतीय सवारी साधन बीवाइडी अटो इन्डस्ट्रिजको नेपालको लागि आधिकरिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य उच्च रुपमा बढेकाले कम्पनीले गाडीको मूल्य डेढ लाख रुपैयाँसम्म मूल्य बढाएको छ ।
नेपालमा डलरको मूल्यसँग चीनलगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गर्छ ।
शुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) कारण गाडीको मूल्य बढाएको कम्पनीले जनाएको छ ।
कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य बढाई ५९ लाख रुपैयाँ कायम गरेको छ । त्यस्तै, एमथ्री मल्टिपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य बढाएर ४५ लाख ५२ रुपैयाँ रुपैयाँ तोकेको छ ।
कम्पनीका सीईओ साहिल श्रेष्ठले सन् २०२१ मा नेपालमा बीवाइडी इ सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेको थियो । सो बेला कम्पनीले तोकेको मूल्यमा नै बिक्री गरेको थियो । तर, पछिल्लो १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा व्यापक वृद्धि भएको कारणले मूल्य बढाएको बताए ।
तर, यसअघि बुकिङ गरेको ग्राहकले भने पुरनौ मूल्यमा गाडी पाउने जानकारी दिए ।