टाटा नेक्सन ईभीको नेपाली बजारमा एक वर्ष, १२० भन्दाबढी स्थानमा एसी चार्जर जडान



काठमाडौं । टाटा नेक्सनको विद्युतीय सवारी साधन नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा भएको छ ।

भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गर्ने टाटा नेक्स इभीलाई नेपालमा आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ ।

एक वर्षको छोटो अवधिमै उपभोक्तामाथि लोकप्रिय बन्न सफल भएको दाबी गर्दै कम्पनीले टाटा नेक्सन इभीको बजार हिस्सा अन्य विद्युतीय सवारी साधनको तुलनामा बढी भएको बताएको छ ।

आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता भएको नेक्सनका अन्य विशेषतामा द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षा भएको कम्पनीको दाबी छ ।

‘फास्ट चार्जिङ र स्लो चार्जिङ दुबैका लागि चर्जिङ स्टेसनको बृहत सञ्जालका कारण उपभोक्तालाई सहज भएको कम्पनीको भनाइ छ ।

‘यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप – इजी एप–मार्फत् चार्ज गर्न सकिछ । एपको प्रयोग हाल १ हजारभन्दा बढी परिवारहरुले गरिरहेका छन्,’ कम्पनीले भनेको छ ।

कम्पनीका अनुसार १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल छ भने कम्पनीले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दाबढी एसी चार्जरहरु जडान गरेको बताएको छ ।


क्लिकमान्डु