टोखामा जगदम्बा मोटर्सको ‘टोखामी अटो हब’ सञ्चालन



काठमाडौं । नेपालमा दुई पाङ्ग्रे सवारी साधनको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३, स्थुलिस्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।

‘टीभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ,’ टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिईरहेको छ ।’


क्लिकमान्डु