ब्याजदर करिडोरको ब्याज बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरु बढाएको छ ।

मौद्रिक नीति मार्फत ब्याजदर करिडोर अन्तर्गतका दरहरु १.५ प्रतिशतले बढाएको छ । ब्याजदर करिडोर अन्तर्गतका दरहरु १.५ प्रतिशतले बढाएर बैंकदर ८.५ प्रतिशत, नीतिगत दर ७ प्रतिशत र निक्षेप संकलन दर ५ प्रतिशत कायम गरिएको छ ।

यता औषत ब्याजदर नीतिगत ब्याजदरको तुलनामा २ प्रतिशत भन्दा बढी बिन्दुले तलमाथी भएमा रिपो, रिभर्स रिपो बोलकबोल खुला हुने व्यवस्था मिलाइने भएको छ ।

अन्तर बैंक कारोबारको भारित औषत ब्याजदर नीतिगत दरको तुलनामा ३ प्रतिशत बिन्दु भन्दा बढीले घटेमा निक्षेप बोलकबोल हुने व्यवस्था मिलाउने भएको छ ।


क्लिकमान्डु