प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने, स्वाप १००:७०

काठमाडौं । निर्जीवन बीमा कम्पनी प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । केही समयपछि दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता हुने छ ।

स्रोतका अनुसार प्रभु र अजोड १००:७० को अनुपातले मर्जरमा जान लागेका हुन् । अजोड इन्स्योरेन्सको १०० कित्ता बराबर प्रभु इन्स्योरेन्समा ७० कित्ता हुने गरेर मर्जमा जान लागेका हुन् ।

अहिले प्रभुको चुक्ता पूँजी १ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब छ । दुई संस्था मर्जर भएपछि चुक्ता पूँजी १ अर्ब ९८ करोड हुन्छ । स्वापबाट आउने रकम तथा चालु आर्थिक वर्षको नाफाबाट दिन सक्ने लाभांशले चुक्ता पूँजी बीमा समितिले तोकेको न्यूनतम साढे २ अर्ब पुग्ने छ ।

मर्जरपछि अध्यक्षमा अजोडको अहिलेका अध्यक्ष आजाद श्रेष्ठ हुन्छन् भने प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य हुनेछन् ।

क्लिकमान्डु