बराबरी हैसियतमा मर्ज हुँदै महालक्ष्मी र प्रभु लाइफ, ‘प्रभु महालक्ष्मी लाइफ’को नामबाट कारोबार हुने



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योेरेन्स र प्रभु लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । जसका लागि आजै यी दुबै कम्पनीले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएका हुन् ।

दुई इन्स्योरेन्स कम्पनी मर्जपछि १ः१ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता गर्ने भएका छन् ।

कम्पनी स्रोतका अनुसार आज ६ बजे सम्झोतापत्रमा हस्तार हुने भएको हो । मर्जरपश्चात ‘प्रभु महालक्ष्मी लाइफ’को नामबाट कारोबार गर्ने प्रारिम्भक सहमति यी कम्पनीबीच भएको छ ।

मर्जरपश्चात बन्ने नयाँ कम्पनीको संयुक्त चुक्ता पुँजी ४ अर्ब १० करोड रूपैयाँ पुग्नेछ ।

हाल प्रभु लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रूपैयाँ रहेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।

महालक्ष्मी लाइफले आफ्नो चुक्ता पुँजी १ अर्ब ४० करोडको आधारमा संस्थागत लगानीकर्तालाई ५० प्रतिशत थप रकमको लागि आह्वान गरेको थियो ।


क्लिकमान्डु