फूल चार्जमा ६१० किमी गुड्ने हुन्डाइको विद्युतीय गाडी ‘आइओनिक ६’, नेपालमा कहिले आउला ?



काठमाडौं । हुन्डाइ मोटर्सले बिहीबार पहिलो विद्युतीय सेडान ‘आइओनिक ६’ सार्वजनिक गरेको छ ।

अमेरिकी कम्पनी टेस्लाको वर्चश्व रहेको विद्युतीय गाडीको बजारमा प्रतिस्पर्धा गर्ने गरी कोरियन कम्पनी हुन्डाइले नयाँ गाडी सार्वजनिक गरेको हो ।

आइओनिक ६ यो वर्ष दक्षिण कोरिया बजारमा र अर्को वर्षको पहिलो त्रैमासमा अमेरिकी बजारमा उपलब्ध हुनेछन् ।

हुन्डाइ मोटर्स र यसको भगिनी संस्था किया क्रपले उत्पादन गरेका ३१ विद्युतीय मोडलमध्ये सेडान आइओनिक ६ एक हो । जसले सन् २०३० सम्ममा विश्व विद्युतीय गाडीको बजारमा १२ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको हो ।

हुन्डाइको यस सेडानले विद्युतीय गाडीको क्षेत्रलाई अझ फैलाउने र टेस्लाको मोडल ३ सेडानसँग हेड–टु–हेड प्रतिस्पर्धामा उत्रिने अनुमान गरिएको छ ।

यसवर्षको जनवरीसम्म हुन्डाइ र किया विश्वको दोस्रो (चीनबाहेक) ठूलो इभी सप्लाइ गर्ने कम्पनीको रुपमा रहेका थिए ।

दुबै कम्पनीको संयुक्त बजार हिस्सा १३.५ प्रतिशत थियो, दोस्रो स्थानमा हरेको टेस्लाको बजार २२ प्रतिशत रहेको थियो ।

आइओनिक ६ को मूल्य ५५ मिलियन वन (कोरियन रुपैयाँ)देखि ६५ मिलयन वनसम्म पर्नेछ । यो भनेको ४१ हजार ९ सय ४९ अमेरिकी डलर हो ।

आजका दिनमा नेपाली रुपैयाँमा रुपान्तरण गर्दा ५३ लाख ६२ हजार रुपैयाँ पर्छ । यो मूल्य कोरियाको बजारका लागि तोकिएको हो ।

‘आइओनिक ६ ले टेस्लाको इभी सेडानसँग बजारमा प्रतिस्पर्धा गर्ने छ । साथै, यसले टेस्लासको मूल्य र ड्राइभिङ रेन्जसँग पनि प्रतिस्पर्धा गर्नेछ,’ लगानी विश्लेषक ली जाइ–इलले भने, ‘यसले इभीको मूल्यमा कमी ल्याउने वा समान बनाउने छ किन भने टेस्लाले धेरै पटक इभी गाडीको मूल्य बढाइरहेको छ ।’

यस हुन्डाइन सेडान आइओनिक ६ को ड्राइभिङ रेन्ज ६१० किलोमिटर छ । यो आइओनिक फाइभभन्दा ३० प्रतिशतले धेरै भएको हुन्डाइले जनाएको छ ।

‘हामीले पहिलाकै ब्याट्री प्रयोग गरेका छौं तर यसले पहिलाको भन्दा धेरै रेन्ज दिने बनाएका छौं,’ हुन्डाइका एक्जुकेटिभ उपाध्यक्ष किम योङ वाले भने ।

यस गाडीमा ब्याट्रीको लागि दुई बिकल्प हुनेछन् । एउटा ५३ किलोवाट प्रति घण्टा र अर्को ७७.७ किलोवाट प्रति घण्टा रहनेछन् ।

यो गाडीलाई बजारमा ल्याएसँगै कोरिया र अमेरिकामा नयाँ इभी प्लान्ट स्थापना गर्ने योजना हुन्डाइरहेका रहेको जनाएको छ । जहाँबाट इभी उत्पादन गरेर टेस्लासँग प्रतिस्पर्धा गर्ने सोच कम्पनीको छ ।


क्लिकमान्डु