लुम्बिनी र सगरमाथा इस्योरेन्स मर्जरमा जाने, सेयर कारोबार रोक्का



काठमाडौं । दुई वटा निर्जीबन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इस्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता भएको हो । उक्त सम्झौतासँगै दुवै कम्पनीको कारोबार रोक्का भएको छ ।

दुवै कम्पनीका अनुसार असार २९ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय अनुसार ३० गते दुवै कम्पनी गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा लुम्बिनीका तर्फबाट सञ्चालक अरुण राज श्रेष्ठ र सगरमाथाका सञ्चालक लोकमान्य गोल्छाले हस्ताक्षर गरेका छन् । दुवै कम्पनी मर्जरमा जाने भएपछि ३० गतेबाट सेयर कारोबार रोक्का भएको हो ।


क्लिकमान्डु