सानिमा र जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा आज दुबै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

यी कम्पनीबीच बराबरी हैसियतमा मर्जरमा जाने सहमति भएको हो ।

मर्जरमा जाने सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका अध्यक्ष खेम राज लामिछाने र जनरल इनस्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गरेका हुन् ।

समितिले गत चैत १० गते बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयअनुसार निर्जीवन बीमा कम्पनीहरूले आगामी चैत मसान्तभित्र २ अर्ब ५० करोड रूपैयाँ पुँजी पुर्याउनु पर्ने छ । उक्त पुँजी कायम गर्न यी कम्पनीले मर्जरमा जाने तयारी गरेका हुन् ।

यी कम्पनी एक बराबर एकको अनुपातमा गाभिँदा नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता २ अर्ब रूपैयाँ पुग्ने छ । हाल सानिमा जनरल र जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १÷१ अर्ब रूपैयाँ छ ।


क्लिकमान्डु