जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच मर्जरको तयारी, आजै सम्झौता हुने



काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । जसका लागि यी कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएका हुन् ।

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो । समितिको उक्त निर्णयअनुसार निर्जीवन बीमा कम्पनीहरूले आगामी चैत मसान्तभित्र २ अर्ब ५० करोड रूपैयाँ पुँजी पुर्याउनु पर्ने छ । उक्त पुँजी कायम गर्न यी कम्पनीले मर्जरमा जाने तयारी गरेका हुन् ।

स्रोतकाअनुसार यी दुवै कम्पनीबीच मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर हुने भएको छ । एक बराबर एकको अनुपातमा गाभिने निर्णयमा पुगेका हुन् । यी कम्पनी एक बराबर एकको अनुपातमा गाभिदा नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता २ अर्ब रूपैयाँ पुग्ने छ ।

हाल सानिमा जनरल र जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १÷१ अर्ब रूपैयाँ छ । सानिमा जनरल इन्स्योरेन्सको असार १५ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो ।

यस्तै, जनरल इन्स्योरेन्सको जेठ ३१ बसेको वार्षिक साधारण सभाले सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् १ः०३ हकप्रद सेयर निष्काशन गर्ने विषयलाई पनि स्वीकृति प्रदान समेत गरेको थियो ।


क्लिकमान्डु