एक वर्षमा सुजुकी ब्रान्डका ४४ सय सवारी साधन बिक्री, सवा १ अर्बको कारोबार



काठमाडौं । सुजुकी ब्रान्डको मोटरबाइक बेच्ने भीजी अटोमोबाइलले एकै वर्ष ४४ सय ५६ युनिट सवारी साधन बिक्री गरेको छ ।

सुजुकी ब्रान्डको मोटरसाइकल तथा स्कुटरका नेपालका लागि आधिकारिक विक्रेता भीजी अटामोबाइल प्रालिले सन् २०२१ मा ४४ सय ५६ युनिट सवारी साधन बिक्री गरेको हो । कम्पनीले सन् २०२० मा ४२ सय २० वटा युनिट बिक्री गरेको थियो ।

सो वर्ष कम्पनीले १ अर्ब २१ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, सन् २०२१ मा २ सय बढी सवारीसाधन बिक्री गर्दा १ अर्ब २५ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले जनाएको छ । जसमा कम्पनीले सन् २०२० को तुलनामा ३ प्रतिशतले बढी कारोबार गरेको छ । सन् २०१९ मा कम्पनीले १ अर्ब ८८ करोड रुपैयाँको कारोबार गरेको थियो ।

विशाल ग्रुपअन्तर्गत भीजी अटोमोबाइलले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन बिक्री गर्दै आएको छ । सो कम्पनीले सन् २०२१ मा १० प्रतिशत नाफा कमाएको छ ।

कम्पनीले सुजुकी मोटरसाइकल इण्डिया लिमिटेडको आधिकारिक विक्रेताको रुपमा मोटरबाइक र पाटपूर्जा बिक्री गर्दै आएका छन् । साथै, कम्पनीले अतुल अटो लिमिटेडको तीन पाङ्ग्रे सवारी साधन र पाटपूर्जा र मोतुल लुब्रिक्यान्ट बिक्री गर्ने आधिकारिक कम्पनी हुन् ।

कम्पनीको देशभर दुई पाङ्ग्रेको ५८ वटा, तीन पाङ्ग्रेको १४ वटा डिलर र मोतुल लुब्रिक्यान्टको ६६ वटा डिलर रहेको छ । कम्पनीले ३ वटा आफ्नै शोरुम र दुई पाङ्ग्रे सवारी साधनको एउटा सर्भिस सेन्टर छन् ।

देशभरको विभिन्न डिलरबाट ४४ सय सवारी साधन बिक्री हुँदा ३ हजार ९४८ वटा सवारी साधन देशभरको डिलबाट बिक्री गरेको थियो भने बाँकी ५०८ वटा भने कम्पनीको शोरुमबाट बिक्री गरेको कम्पनीको भनाइ छ ।

निकुञ्ज अग्रवाल प्रबन्ध निर्देशक रहेको कम्पनीलाई केयर रेटिङ नेपालले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको रेटिङ गरेको छ । जसमा कम्पनीलाई दीर्घकालीन कर्जाका लागि २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ दिएको ।


क्लिकमान्डु