सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का



काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

बुधबार(आज) यी दुई कम्पनीबीच मर्जरमा जानेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त हस्ताक्षरसँगै गाभ्ने÷गाभिने प्रयोजनका लागि सेयर कारोबार रोक्का भएको हो । यी दुवै कम्पनीले कारोबार रोक्का गरी सोको जानकारी गराउन नेप्सेलाई आग्रह गरेका छन् ।


क्लिकमान्डु