सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा जाने, चुक्ता पुँजी ४ अर्ब नाघ्ने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलयान्स लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् ।

यी दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

स्वाप रेसियो कम्पनीको डीडीएपछि तय हुने कम्पनीहरूले बताएका छन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक बराबर एकको अनुपातमा गाभिने हो भने नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता पुँजी ४ अर्ब नाघ्ने छ । अर्थात नयाँ संयुक्त चुक्ता पुँजी ४ अर्ब १० रूपैयाँ पुग्ने छ ।

तर, कुन अनुपातमा मर्ज हुने लगायतका प्राविधिक विषय अध्ययन पछि मात्रै टुङ्गो लाग्ने कम्पनीहरूको भनाइ छ ।

हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।

बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीहरूले एक आपसमा गाभ्ने÷गाभिने निर्णय लिन थालेका हुन् । समितिले गत चैत १० गते बीमा कम्पनीहरूको चुक्तान पुँजी बढाउने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयअनुसार जीवन बीमा कम्पनीहरूले आगामी चैत मसान्तभित्र ५ अर्ब रूपैयाँ पुँजी पुर्याउनु पर्नेछ ।


क्लिकमान्डु