मर्जरपछि सिद्धार्थ र प्रिमियरको चुक्ता पुँजी समितिले तोके बमोजिम पुग्ने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने निर्णय लिन थालेका हुन् । समितिले गत चैत १० गते बीमा कम्पनीहरूको चुक्तान पुँजी बढाउने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयअनुसार निर्जीवन बीमा कम्पनीहरूले आगामी चैत मसान्तभित्र २ अर्ब ५० करोड रूपैयाँ पुँजी पुर्याउनु पर्ने छ ।

तोकिए बमोजिमको पुँजी पुर्याउन सिद्धार्थ र प्रिमियरले मर्जरको बाटो रोजेका छन् ।
सिद्धार्थ र प्रिमियरले बराबरी हैसियतमा गाभिने भएका हुन् । मर्जरपश्चात नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ पुग्ने छ । अर्थात बराबरी हैसियतमा मर्जर भएर एकीकृत कारोबार गरेपछि नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

जुन बीमा समितिले तोके बमोजिमको न्यूनतम चुक्ता पुँजी भन्दा धेरै हो ।
मर्जरको सम्झौता गरेका यी २ कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी सिद्धार्थ इन्स्योरेन्सको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रूपैयाँ र छ । सोही अवधिमा प्रिमियरको चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख रूपैयाँ छ ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको बीमा कोषको आकार २ अर्ब ६ करोड ५ लाख ४६ हजार रूपैयाँ पुग्ने छ ।

२ कम्पनीमध्ये ठुलो बीमा कोष भएको कम्पनी पनि सिद्धार्थ इन्स्योरेन्स नै हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अवधिमा आइपुग्दा सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ९ करोड ४५ लाख ८ हजार रूपैयाँ रहेको छ ।

प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा ९६ करोड ६० लाख ३८ हजार रूपैयाँ रहेको छ ।

यी कम्पनी एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको जगेडा कोषको आकार ६१ करोड १७ लाख १० हजार रूपैयाँ पुग्ने छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा सिद्र्धाको जगेडा कोषमा २५ करोड ३९ लाख ३४ हजार रूपैयाँ र प्रिमियरको ३५ करोड ७७ लाख ७६ हजार रूपैयाँ रहेको छ ।

चालु आवको ९ महिनामा सिद्धार्थले १७ करोड ३४ लाख ५३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । चैत मसान्तसम्ममा प्रिमियरले २५ करोड ४२ लाख ४५ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

सिद्धार्थलेले ८३ करोड ६६ लाख २८ हजार रूपैयाँ र प्रिमियर इन्स्योरेन्सले ६२ करोड २३ लाख १२ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेका छन् ।


क्लिकमान्डु