रेनल्ट गाडी बेच्ने एड्भान्स अटामोबाइलले ६ महिनामै बेच्यो ८३४ युनिट गाडी



काठमाडौं । नेपालमा रेनल्ट एसएएसको आधिकारिक विक्रेता एड्भान्स अटामोबाइल प्रालिले ९ महिनाको अवधिमै ८३४ वटा गाडी बिक्री गरेको छ ।

कम्पनीले भारतबाट आयात गरी सन् २०२२ को ९ महिनाको अवधिमा ८३४ वटा गाडी (अपरिष्कृत) बिक्री गरेको केयर रेटिङले जनाएको छ । कम्पनीले सो अवधिमा २ अर्ब २८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२१ मा ६१८ वटा र सन् २०२० मा ३११ वटा गाडी बिक्री गरेको थियो । जसमा कम्पनीले सन् २०२१ मा १ अर्ब ६८ करोड २० लाखको कारोबार गरेको थियो भने सन् २०२० मा ९२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

साथै, कम्पनीले सन् २०१९ मा १ अर्ब ८९ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२१ मा ८२.२६ प्रतिशतले बढी कारोबार गरेको जनाएको छ ।

कोरोना महामारीका कारण सन् २०२० मा ५१. ३७ प्रतिशतले घटेको थियो ।
बजारमा हुन्डाई, होन्डा, टायटा, निसान, भोल्कवागन, फोर्ड, टाटा मोटर्स, जीपजस्ता ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने कम्पनीको भनाइ छ ।

विशाल ग्रुपद्वारा सञ्चालित यस कम्पनीको प्रबन्ध निर्देशक निकुन्ज अग्रवाल हुन् । सन् १९०० मा फ्रान्समा उत्पादन शुरु भएको रिनल्ट सन् २०२१ सम्ममा २ अर्ब ६९ करोड ६० लाख वटा गाडी बिक्री गरिसकेको कम्पनीले उल्लेख गरेको छ ।

नेपालले रिनल्ट भारत प्रालिबाट आयात गरी बिक्री गर्दै आएका छन् । नेपालमा कम्पनीको देशभर २१ वटा डिलर छन् भने काठमाडौंमा शोरुम छ ।

केयर रेटिङ एजेन्सी नेपालले कम्पनीलाई अल्पकालीन कर्जाका लागि १ अर्ब ११ करोड अर्थात् एफोर रेटिङ दिएको छ ।


क्लिकमान्डु