नाडा प्रतिनिधिलाई प्रधानमन्त्रीले भने- विद्युतीय सवारीको एसेम्बलिङ्ग प्लान्ट स्थापना गर्नुहोस्



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नाडाका प्रतिनिधिलाई विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लान्ट स्थापना गरी बढदो व्यापारघाटा कम गर्न सुझाव दिएका छन् ।

नाडाका प्रतिनिधिले सवारी साधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन बुधबार गरेको भेटमा प्रधानमन्त्री देउवाले निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको समेत बताए ।

नाडाका अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौ वस्तुमध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरुले दोब्बरभन्दा बढी राजश्व योगदान पुर्याएको बताएका थिए ।

बढदो व्यापारघाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै रहेको उनले बताएका थिए । त्यसैले कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन नाढाले आग्रह गरेकाे थियाे ।

अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ भदाै ७ गतेदेखि १२ गतेसम्म काठमाडौंकाे भृकुटिमण्डपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु