बतास ट्रयाक्टर प्रालिको आम्दानी ३४%ले बढ्यो, ९ महिनामा ७३ करोडको व्यापार गर्ने लक्ष्य



काठमाडौं । बतास ट्रयाकटर प्रालिको आम्दानी ३४ प्रतिशतले बढेको छ ।

क्याटरपिलर निर्माण उपकरण, गोदरेज उपकरण र प्रोपेल–ब्रान्डका वस्तुको आधिकारिक विक्रेता बतास ट्रयक्टर प्रालिले सन् २०२० को तुलनामा सन् २०२१ मा ३४ प्रतिशतले बढी आम्दानी गरेको हो ।

कम्पनीले सन् २०२१ मा ७८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले ५२ करोड ५० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो भने सन् २०१९ मा १ अर्ब ५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ७३ करोड २० लाख रुपैयाँको आम्दानी हुने अनुमान गरेको छ । कोरोना महामारीका कारण ५० प्रतिशतले कम आम्दानी गरेको कम्पनीले आगामी ९ महिनाको अवधिमा २५ प्रतिशतले वृद्धि गर्ने जनाएको छ ।

कम्पनीले सन् २०२१ मा ११ प्रतिशतले नाफा कमाएको छ । जसम कम्पनीले सन् २०१९ मा ७.२ प्रतिशत मात्रै नाफा कमाएको थियो ।

कम्पनीअनुसार सन् २०२२ को ९ महिनाको अवधिमा ७३ करोडको व्यापार गर्ने लक्ष्य रहेकोमा क्याटरपिलर ब्रान्डको उपकरणबाट ८२ प्रतिशत, प्रोपेल उपकरणबाट १० प्रतिशत र गोदरेज ब्रान्डको सामग्रीबाट ६ प्रतिशत आम्दानी हुनेछ ।

तर, कम्पनीले विगत ३ वर्षदेखि निरन्तर ४३ प्रतिशतले व्यापार कम भएको जनाएको छ ।

आनन्दराज बताससहित अन्य ४ जनाको शेयर रहेको यस कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब १६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि ८५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड १६ लाख रुपैयाँको रेटिङ गरेको छ । जसमा कम्पनीले एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु