नेपाल पुनर्बीमा कम्पनीको नाफा ४५% घट्यो, करीब ५ अर्ब खुद बीमाशुल्क संकलन



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले २९ करोड १४ लाख रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय ३३ करोड ६१ लाख ८६ हजार रूपैयाँ र जीवन बीमा व्यवसाय ४ करोड ४७ लाख ५६ हजार रूपैयाँ गरी सो बराबरको खुद नाफा कमाएको हो ।

कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा ४५.७२ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५३ करोड ६९ लाख ४६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ४५ करोड ४३ लाख १९ हजार रूपैयाँ र जीवन बीमा व्यवसायबाट ८ करोड २६ लाख २७ हजार रूपैयाँ गरी उक्त रकम बराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ९५ करोड ८० लाख ६० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब १७ करोड ४० लाख ४२ हजार रूपैयाँ र जीवन बीमा व्यवसायबाट ७८ करोड ४० लाख १८ हजार रूपैयाँ गरी सो बराबरको बीमाशुल्क संकलन गरेको हो । जुन गत आवको यसै अवधिको तुलनामा ३०.४८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायबाट ३ अर्ब ७९ करोड ९८ लाख ४१ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले २ अर्ब ४८ करोड ४ लाख ५५ हजार रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ १ ९८ करोड २१ लाख १४ हजार रूपैयाँ र जीवन बीमातर्फ ४९ करोड ८३ लाख ४१ हजार रूपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ३४ लाख ६४ हजार रूपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २३ करोड ९१ लाख ६४ रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रूपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोषमा ५ अर्ब ५५ करोड ३४ लाख ६२ हजार रूपैयाँ र बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख ६ हजार रूपैयाँ सञ्चित छ ।


क्लिकमान्डु