कार्यालय प्रयोजनका लागि नेपाल लाइफद्वारा १८ करोड ११ लाखमा घरजग्गा किन्यो



all logos final

काठमाडौं । कार्यालय प्रयोजनको लागि नेपाल लाइफ इन्स्योरेन्सले १८ करोड ११ लाख रूपैयाँमा घरजग्गा खरिद गरेको छ ।

कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोडमा घरजग्गा खरिद गरेको जनाएको छ ।

कम्पनीले व्यवसायी एंव कार्यालय प्रयोजनको लागि २ वटा घर खरिद गरेको कम्पनी सचिव विनोद भुजेलले जानकारी दिए ।

चैत ७ गते बसेको सञ्चालक समितिको बैठककको निर्णयले घर जग्गा खरिद गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त निर्णयलाई बीमा समितिले जेठ ३० गते स्वीकृत दिएको थियो ।

कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोडमा अवस्थित बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नम्बर ९२ को २ वटा घरसहित २९९ वर्ग मिटर क्षेत्रफल जग्गा १७ करोड २५ लाख रूपैयाँ र रजिष्ट्रसेन शुल्क ८६ लाख २५ हजार रूपैयाँ गरी १८ करोड ११ लाख २५ हजार रूपैयाँमा खरिद गरेको उनले बताए ।


क्लिकमान्डु