सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटको कति ?



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको छ । यातायात व्यवस्था विभागले असार ६ गतेदेखि लागू हुने गरी ७.७ प्रतिशतसम्म बढाइएको हो ।

मूल्य समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था अनुसार भाडा बढाइएको विभागको भनाइ छ ।

पछिल्लो मूल्य समायोजनामा आधार लिइएको मूल्यभन्दा १६.३६ प्रतिशतले इन्धनको मूल्य बढेकाले भाडा बढाइएको हो ।

जसअनुसार यात्रुबाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सावरी साधनमा ६.९४ प्रतिशत र तराईको बोटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ७.७ प्रतिशतले बढाइएको हो ।


क्लिकमान्डु