भायानेटले गुड विथ इन्टरनेट मार्फत गर्यो १५ परिवारलाई सहयाेग



काठमाडौं । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राखेको छ ।

यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको थियो ।

ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभाले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेकी थिइन । उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभाको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो ।

यसरी इन्टरनेट र पठन–पाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भएको जनाएको छ । जसले पैसाकै अभावका कारण इन्टरनेट र पठन(पाठन बाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्दछ।

इन्टरनेट कनेक्टिभिटी अझ व्यापक र सर्व(सुलभबन्दै गइरहेको छ। यद्यपि अझै पनि धेरै बालबालिकाहरू इन्टरनेटकै अभावमा गुणस्तरीय शैक्षिक अवसरहरूबाट वञ्चित छन्। त्यसैले भायानेट आफ्नो क्षमताले भ्याएसम्म धेरै भन्दा धेरै यस्ता परिवारसम्म पुगि सहयोग गर्न चाहेको उल्लेख छ ।


क्लिकमान्डु