महालक्ष्मी लाइफका संस्थापक सेयरधनीले ४ दिनभित्र ५० प्रतिशत रकम जम्मा गरिसक्नु पर्ने



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले ४ दिनभित्रमा ५० प्रतिशत रकम जम्मा गरिसक्नु पर्ने भएको छ ।

जेठ ११ गते इन्स्योरेन्सले आफ्ना संस्थापक सेयरधनीहरूलाई सेयर वापतको थप ५० प्रतिशत रकम ३० दिनभित्र जम्मा गर्नुपर्ने भनेको थियो ।

सोही बमोजिम ४ दिनभित्र रकम थपिसक्नु पर्ने भएको हो । कम्पनीकाअनुसार संस्थापक सेयरधनीहरूले असार ९ गतेभित्र रकम थपिसक्नु पर्ने छ ।

अधिकृत, चुक्ता तथा जारी पुँजी वृद्धि गर्नका लागि कम्पनीले साविक संस्थापक सेयरधनीहरूबाट लगानी भएको रकमको थप ५० प्रतिशत रकम माग गरेको हो ।

संस्थापकहरूले कम्पनीको वेवसाइटमा उपलब्ध रहेको सेयर लगानी फारम भरी सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक र माछापुच्छे« बैंकमा रकम जम्मा गरी भौचर कम्पनीको प्रधानकार्यालयमा बुझाउनु पर्ने जनाएको छ ।

उक्त फारम र रकम बुझाएको भौचर सेयरधनीले आगामी असार ९ गतेभित्र कम्पनीको प्रधान कार्यालय काठमाडौंको कमलपोखरीमा बुझाउनु पर्ने इन्स्योरेन्सले जनाएको छ ।


क्लिकमान्डु