२१ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य, अब पेट्रोल प्रतिलिटर १९९ र डिजल १९२ रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो।

निगमका अनुसारका अनुसार पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ बढाइएको छ । अब पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ ।

साथै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ बनाइएको छ भने हवाई इन्धन (बाह्य) १०० डलरले वृद्धि गरी प्रतिकिलोलिटर १६४५ डलर कायम गरिएको छ ।

निगमका अनुसार एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

मूल्य बढाउँदा पनि निगमलाई मासिक अझै पनि ४ अर्ब ७० करोड घाटा हुने दाबी गरिएको छ ।


क्लिकमान्डु