पुनर्बीमा कम्पनीले ५.२६ % लाभांश दिने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ५ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीले गरेको उक्त लाभांश प्रस्ताव सरकार र नियामक निकया बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु