समितिबाट बीमा विधेयक पारित, अध्यक्षले निरन्तरता पाउने



काठमाडौं । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०७५ अर्थ समितिबाट पारित भएको छ ।

२०७५ असार २७ मा दर्ता भएको विधेयक अन्ततः समितिबाट पारित भएको हो । उक्त विधेयक समितिले पारित गरेर प्रतिनिधिसभामा पठाउने छ । सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ ।

उक्त बीमा बिधेयक पारित भएपछि बीमा समिति प्राधिकरण बन्ने भएको छ । बीमा विधेयक पारित भएपछि पनि बीमा समितिका अध्यक्ष र सञ्चालकले निरन्तरता पाउने भएका छन् ।

यसअघि उक्त विद्येयक पारित भएपछि अध्यक्ष र सञ्चालकले निरन्तरता पाउने वा नपाउने भन्नेमा सबैको चासो रहेको थियो ।


क्लिकमान्डु